ad ad

राजनीति


उपराष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद विस्तार : प्रधानमन्त्री प्रचण्ड

उपराष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद विस्तार : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
फागुन २५, २०७९ बिहिबार २०:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन्।

बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए। उनले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने बताए।

उनले भने, ‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ। तर समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्र्णता दिने हुन्छ। उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ।’

राष्ट्रपति निर्वाचनबाट आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .