ad ad

राजनीति


ईश्वर पोखरेलले पनि गरे गठबन्धन भत्किने संकेत

ईश्वर पोखरेलले पनि गरे गठबन्धन भत्किने संकेत

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १९:५२, जनकपुरधाम

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किन सक्ने बताएको दुई दिन नबित्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि गठबन्धन भत्किने संकेत गरेका छन्। 

एमालेले संगठन सुदृढीकरणका लागि शुक्रबारदेखि देशव्यापी रुपमा शुरु गरेको मिशन ग्रासरुट अभियानको मधेश प्रदेशको राजधानी जनकपुरधाममा उद्घाटन गर्दै पोखरेलले गठबन्धन भत्किनसक्ने संकेत गरेका हुन्। 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमालेसँग हाल रहेको गठबन्धनमा भएको सहमतिबाट एमाले अलिकति पनि टसमस नहुने स्पष्ट पारे। 

‘एमालेसँगको सहमति अनुसार नै राष्ट्रपति तथा उपराष्ट्रपतिको निष्कर्ष लाग्छ, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘त्यसपछि मात्रै राष्ट्रिय सहमति, साझा नीति तथा कार्यक्रम सहितका अलग च्याप्टरहरुमा एमाले सहमति खोज्न सक्छ।’

उनले सहमति भंग गरिए एमाले अर्को चयाप्टरतर्फ समेत काम गर्न सक्ने र देशकै थप ठूलो शक्ति बन्ने दाबी गरे। 

एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनहरुमा कम्तिमा ५१ प्रतिशत मत ल्याएर एकल सरकार निर्माणका उद्देश्यले मिशन ग्रासरुट अभियान चलाइएको जानकारी दिए।

उनले मिशनका लागि मधेश प्रदेशको आठवटै जिल्लामा पालिकाको हिसाबले नेताहरुका लागि तोकिएको जिम्मेवारीको विषयमा जानकारी गराएका छन्।

एमाले आफ्नै भित्रको गलत तत्व र प्रवृतिका कारण आज एक्लै स्थापित हुन नसकेकाले यस मिशनले संगठन सुदृढीकरण भएर आफ्नै बलमा सरकार निर्माणका लागि सहयोग गर्ने विश्वास मिशन ग्रासरुट अभियानको उद्घाटन कार्यक्रममा सहभागी नेताहरुले बताए। 

कार्यक्रममा पार्टीका मधेश प्रदेश अध्यक्ष रामअवतार यादव, स्थायी कमिटी सदस्यहरु लालबाबु पण्डित, गुरु बराल र सीता पौडेल, मन्त्री ज्वाला साह सहितको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .