ad ad

खेल


राजर्षि जनक कप : मछिन्द्रसँग सुदूरपश्चिम ६-२ ले पराजित

राजर्षि जनक कप : मछिन्द्रसँग सुदूरपश्चिम ६-२ ले पराजित

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार २०:४, सर्लाही

मछिन्द्र फुटबल क्लव सर्लाहीमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार दिउँसो बागमती नगरपालिका–११ कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्रले सुदूरपश्चिम ११ लाई ६–२ गोल अन्तरले पराजित गरेको हो।

खेलको छैटौँ मिनेटमै मछिन्द्रका दयानन्द सिंहले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। विमल घर्तिमगरको पासमा सिंहले सहज ढंगले पहिलो गोल गरेर सुदूरपश्चिमलाई पछि पारे। 

त्यसपछिको खेलमा मछिन्द्रले लगातार सुदूरपश्चिममाथि गोलको वर्षा गरेको थियो। मच्छिन्द्रले पहिलो हाफमै खेललाई ४–० को अवस्थामा पुर्याएको थियो।

खेलको १३ औँ मिनेटमा मच्छिन्द्रका विजय भुजेलले टिमका लागि दोस्रो गोल गरे भने ३६ औँ मिनेटमा मच्छिन्द्रका बिमल घर्ति मगरलाई सुदूरपश्चिमका खेलाडिले ‘डी’ बक्स नजिकै फउल गरेपछि मच्छिन्द्रले फ्री किक पायो। 

मच्छिन्द्रका देबेन्द्र तामाङले फ्री किकलाई सजिलै गोलमा परिणत गरेर खेललाई ३–० को अवस्थामा पुर्याए।

खेलको ३९ औँ मिनेटमा मच्छिन्द्रका पुजन उपरकोटीले अर्को गोल थपेर खेललाई ४–० को अवस्थमा पुर्याएका थिए। 

खेलको ५० औँ मिनेटमा सुदूरपश्चिम–११ ले पेनाल्टी मार्फत मछिन्द्रमाथि एक गोल गर्यो। मच्छिन्द्रका दिवाकर चौधरीले डी बक्स भित्र फउल गरेपछि पाएको पेनाल्टी सुदूरपश्चिम–११ का फगुराम थारुले गोलमा परिणत गरेर टिमको लागि पहिलो गोल गरे। 

खेलको ६२ औँ मिनेटमा मच्छिन्द्रका दिपेश घलेले गोल गर्दै खेललाई ५–१ को अवस्थामा पुर्याए। ७४ औँ मिनेटमा सुदूरपश्चिम–११, का भरत टमाटाले टिमका लागि दोस्रो गोल गरे। 

खेलको ८५ औँ मिनेटमा उत्सव राईको पासमा विमल घर्तिमगरले गोल गर्दै टिमलाई ६–२ को अवस्थामा पुर्याएका हुन्। 

आजको खेलमा दुई गोलमा अशिष्ट र टिमको लागि ब्यक्तिगत एक गोल गरेका विमल घर्तिमगर खेलको म्यान अफ दि म्याच घोषित भए। उनले ट्रफि र नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन्। 

यो जित सगैँ मच्छिन्द्र फुटबल क्लवले फाइनल खेल जावलाखेल यूथ क्लवसँग खेल्ने पक्का भएको छ। उपाधिका लागि जावलाखेल र मच्छिन्द्र फुटवल क्लवबीच आइतबार प्रतिस्पर्धा हुनेछ। बिहीबार भएको खेलमा संकटा क्वबलाई पराजित गर्दै जावलाखेल फाइनलमा प्रवेश गरेको हो।

मच्छिन्द्र क्वाटरफाइनल खेलमा आयोजक बागमती यूवा क्लवलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सुदूरपश्मि–११, ले क्वाटरफाइनलमा चर्चब्वाईज यूनाईटेडलाई पराजित गरेको थियो। 

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको राजर्षि जनक कप फुटवल प्रतियोगिताको विजेता टिमले १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छन्।

बागमती युवा क्लव र बागमती नगरपालिकाको नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा यो प्रतियोगिता भएको हो। प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित एक विदेशीसहित १२ टिमले सहभागिता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .