राजनीति


संघीयता र एमसीसी खारेजीको माग गर्दै जनमोर्चा डोटीले बुझायो ज्ञापन

संघीयता र एमसीसी खारेजीको माग गर्दै जनमोर्चा डोटीले बुझायो ज्ञापन

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १७:२२, डोटी

राष्ट्रिय जनमोर्चा, डोटीले संघीयता खारेजीको मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। 

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको राजमो जिल्ला अध्यक्ष डबल बोगटीले बताए।

शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेर राजमो प्रतिनिधिमण्डलले संघीयता खारेजीलगायतका ८ बुँदे ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा बढ्दो महंगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारीको नियन्त्रणका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहलकदमीका लागि माग गरिएको छ।

राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा  संघीयता र एमसीसी खारेजीलगायतका विषयलाई समेटेर विभिन्न जिल्लाका कार्यक्रम गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad