राजनीति


विचौलिया पुँजीवादबारे नबोल्ने पार्टीहरुको काम छैन : घनश्याम भुसाल

विचौलिया पुँजीवादबारे नबोल्ने पार्टीहरुको काम छैन : घनश्याम भुसाल

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १७:२३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन्।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको उल्लेख गरेका हुन्।

उनले देश बनाउन पात्र चाहिने बताउँदै उनले त्यो पात्र लोकतन्त्रमा पार्टी मात्रै रहेको उल्लेख गरे। भुसालले देशको अर्थतन्त्र बनाउने र देश बनाउन विचार र विमर्शसहितको पार्टी आवश्यक भएको बताए। 

उनले देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकहाँ गएसँगै त्यसले देशले प्रगतिपथ लिन नसक्ने बताए।

‘देश बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ। पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन्। त्यस्तो समाज, व्यवस्था, राजनीति, अर्थतन्त्र निर्माण गर्ने कुरामा एक्लै हुनुहुन्न', उनले भने, 'यो कार्यमा तपाईंहरु एक्लै हुनुहुन्न। धेरै मान्छे तपाईंहरुसँग छन्। जुन समानता, सुशासनको कुरा गर्नुभएको छ, विधिको शासनको कुरा गर्नुभएको छ, त्यो विचौलिया पुँजीवाद भन्नुस्। अहिले भइरहेको वैभव संग्लिँदै माथि जान्छ, यस्ता पुँजीपतिकहाँ जान्छ, जसले उद्यम गर्दैनन्, रोजगारी सिर्जना गर्दैनन्। तिनीहरुको गठजोडमा भागिदारी गरेर राजनीतिक नेताहरु राज्यन्त्रमा बसेकाहरुले सम्पति थुपार्छन्, यो गठजोडबारे नबोलेर प्रगतिशील राजनीति हुन्छ भन्ने मलाई लाग्दैन।’

नेता भुसालले जुन मुलुकको अर्थतन्त्रलाई उद्यम नगर्ने, उद्यम नभएका पुँजीपतिहरुले नेतृत्व त्यसमा देशले सफलता नपाउने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad