राजनीति


दुर्गा प्रसाईंको ‘राष्ट्रवादी महाअभियान’सँग राप्रपा संशकित

दुर्गा प्रसाईंको ‘राष्ट्रवादी महाअभियान’सँग राप्रपा संशकित

फाइल।


नेपालखबर
माघ २६, २०७९ बिहिबार ११:३, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं धर्म र राष्ट्र बचाउने अभियान सुरु गर्न थाले पछि सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सशंकित देखिएको छ।

प्रसाईं हिन्दूराष्ट्रको एजेन्डा बोकेर अभियानको सुरुवात गर्न थालेपछि राप्रपा संशकित देखिएको हो। 

प्रसाईंले आगामी फागुन १ गतेबाट झापाको मेची पुलबाट ‘राष्ट्रवादी महाअभियान’ को सुरुवात गर्ने घोषणा गरेका छन्। प्रसाईंले ‘राष्ट्रवादी महाअभियान’ को सुरुवात गर्ने घोषणा गरेपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले उनीप्रति लक्षित टिप्पणी गरेका छन्।

श्रेष्ठले प्रसाईंको नाम उल्लेख नगरी उनलाई बाथरूममा प्रयोग गरिने ओडोनिलसँग तुलना गर्दै पानीको फोका जस्ता तत्वहरू विगतमा पनि आएका स्मरण गराएका छन्।  

‘हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि हुने हरेक आन्दोलन र सकारात्मक गतिविधिहरुमा यो एजेन्डाको प्रमुख संवाहक शक्ति राप्रपाको समर्थन रहन्छ तर यो एजेन्डा गिजोल्ने, यसका पक्षधर शक्तिलाई तितरबितर पार्ने, संगठित शक्ति क्षयीकरण गराउने र समग्रमा राप्रपालाई कमजोर तुल्याउने लक्ष्यसहितका हर्कतहरुलाई विगतमा पनि समर्थन गरिएन, अहिले पनि गर्दैनौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बाथरूममा प्रयोग गरिने ओडोनिल (मिठो बासना आउने तर कतिबेला सकिन्छ पत्तै नहुने) जस्ता देखिने, पानीका फोका जस्तो पैदा हुने र बिलाउने तत्वहरु विगतमा पनि आएकै हुन्।’

प्रवक्ता श्रेष्ठले प्रसाईंले सुरुवात गर्न लागेको ‘राष्ट्रवादी महाअभियान’ले अलमलमा नपर्न कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन्। 

‘कसलाई साथ दिने र कसलाई नदिने भन्ने छुट्टयाउन यी एजेन्डाका समर्थकहरुले आफ्नो विवेक प्रयोग गरुन्। राप्रपाका साथीहरू अलमलमा नपरौं,’ उनले भनेका छन्, ‘हाम्रो सानो मिहिनेतले आज यहाँसम्म आइपुगेका होइनौं भन्ने हेक्का राखौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .