राजनीति


परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलंकाका राष्ट्रपतिसँग भेट

परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलंकाका राष्ट्रपतिसँग भेट

नेपालखबर
माघ २१, २०७९ शनिबार २०:३१, काठमाडौँ

परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शनिबार साँझ शिष्टाचार भेट गरेकी छन्। 

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ रहेकी मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गर्दै दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेकी हुन्।   

श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्र मन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गरिन्।  

मन्त्री पौड्यालले श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग अलग अलग भेटवार्ता गरिन्। 

ती देशहरुका विदेशमन्त्रीहरुसँगको भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क संजाल विस्तार गर्नुपर्नेमा जोड दिइन्।

यसअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेकी थिइन्। परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी भोलि स्वदेश फर्किने छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .