राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु भएको छ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केहीबेरअघिमात्र सुरु भएको हो।
बिहीबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकपछि रास्वपाले गृह मन्त्रालयबारे निर्णय लिन २ दिनको समय दिएको थियो। सो समयसीमा आजबाट सकिँदैछ।
त्यसअघि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।
रास्वपाका एक नेताका अनुसार बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय हुनेछ।
288
Shares

प्रतिक्रिया