मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपाल आएका छन्।
गृहमन्त्री इस्माइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहीबार साँझ त्रिभुवन विमानस्थलमा ओर्लेका हुन्।
मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग शुक्रबार छुट्टा छुट्टै भेटवार्ता गर्ने श्रम मन्त्रालयका सहससचिव प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।
मलेसियाली गृहमन्त्री सैफुद्दिनले परराष्ट्रमन्त्री विमला राईसँग भेटवार्ता गर्ने कार्यक्रम रहेपनि उनी श्रीलंका गएकाले परराष्ट्रमन्त्रीसँग भने भेट नहुने भएको छ।
हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल गर्ने भएको हो।
शुक्रबार श्रम मन्त्रालयको टोलीसँग यस विषयमा छलफल हुने भएको छ।
गृहमन्त्री इस्माइल शनिबार फर्कने कार्यक्रम छ।
प्रतिक्रिया