ad ad

राजनीति


गृह मन्त्रालय दाबीबारे छलफल गर्न रवि बालुवाटारमा

गृह मन्त्रालय दाबीबारे छलफल गर्न रवि बालुवाटारमा

फाइल फोटाे


नेपालखबर
माघ १५, २०७९ आइतबार २१:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन्। 

आइतबार नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएपछि गृह मन्त्रालयबारे छलफल गर्न उनी बालुवाटार पुगेको स्रोतले जनाएको छ।

आइतबारै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले गृह मन्त्रालय दाबी गर्ने र रविलाई नै पुनः मन्त्रीमा पठाउने निर्णय गरेको थियो।

पार्टीको निर्णय, सभापति चयन, गृह मन्त्रालय दाबीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न उनी बालुवाटार पुगेका रास्वपाका एक नेताले बताए। 

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीसँग ३ घण्टा बढी छलफल गरेका थिए। ओली बाहिरीए लगत्तै रवि बालुवाटार पुगेका हुन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने नेपाली नागरिकता प्रमाणपत्र नभएको भन्दै शुक्रबार सांसद पद खारेजीसंग सबै पद गुमाएका थिए। तर, आइतबार रविले नागरिकता पुनः प्राप्ती गरेका छन्। 

नेकपा माओवादी केन्द्रले भने गृह दिन नसक्ने अडान लिएको छ।

यसैबीच माओवादीले पछिल्लो राजनितीक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो।

रविको हतारो : एकैदिन पार्टी सदस्यता लिए, केन्द्रीय सदस्य बने, सभापतिमा चुनिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .