ad ad

राजनीति


आउँदो निर्वाचनमा एक्लै दुईतिहाई ल्याउने गरी सरकार र पार्टीले काम गर्छः प्रचण्ड

आउँदो निर्वाचनमा एक्लै दुईतिहाई ल्याउने गरी सरकार र पार्टीले काम गर्छः प्रचण्ड

नेपालखबर
पुस १३, २०७६ आइतबार ८:१२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदा तीन वर्षमा सरकार र पार्टीले जनताका पक्षमा तीव्र गतिमा काम गर्ने दावी गरेका छन्।

आइतबार चितवनको ईच्छाकामना गाउँपालिकाका शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सरकार गठनको दुई वर्ष कानुन बनाउन र छिमेकीसँग सम्बन्ध सुधारमा बितेको बताए।

‘अबको तीन वर्षमा पार्टी र सरकारको कामबाट आउने निर्वाचनमा हामी एक्लैले दुईतिहाइ बहुमत ल्याउने कुराको सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छौँ', उनले भने।

उनले उपनिर्वाचनमा क्षेत्र बढे पनि कल्पाना नगरेका ठाउँ पनि हारेको भन्दै यसबाट शिक्षा लिनु पर्ने बताए।

उनले अब पार्टीभित्र उत्सहको वातावरण बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको बताए। उनले स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई जनतासँग एकाकार भइ काम गर्न निर्देशन समेत दिए।

लिम्पियाधुरा, कालापानी लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको बताउँदै उनले आफूहरु आफ्नो एक इन्च जमिन कसैलाई नदिने र अरुको नलिने लाइनमा अगाडि बढेको जानकारी दिए। उनले भने , ‘हामी एक इन्च जमिन गुमेको पनि सहँदैनौँ र अरुको पनि चाहिएन हामीलाई’, उनले भने, ‘यही लाईनअनुसार सरकार र पार्टीको तर्फबाट राजनीतिक र कूटनीतिक तबरबाट लागिराखेका छौँ।’

उनले कालापानी क्षेत्रबाट विदेशी सेनालाई हटाउने यो अबसर भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .