राजनीति


रवि लामिछाने अनागरिक हुँदा सीके राउत दुःखी

रवि लामिछाने अनागरिक हुँदा सीके राउत दुःखी

सीके राउत


नेपालखबर
माघ १४, २०७९ शनिबार ९:३९, काठमाडौँ

चितवन–२ बाट प्रतिनिधिसभा सदस्य चुनाव जिती गृहमन्त्रीसमेत भइसकेका रवि लामिछाने एकाएक अनागरिक ठहर हुँदा कति खुसी भएका छन् भने कति दुःखी पनि भएका छन्। 

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै लामिछानेको सांसद पद खारेज गरेको हो। 

फाइल तस्बिर : रवि लामिछाने

सर्वाेच्चको फैसलामा भनिएको छ, ‘अतः प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन।’

योसँगै लामिछानेले एकसाथ शक्तिशाली चार राजनीतिक पद गुमाएका छन्। उनी नागरिकताविहीन गैरनागरिक भएको फैसलासँगै उनले सांसद, गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र संसदीय दलको नेता पद एकसाथ गुमाएका हुन्। 

यसबाट सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउत दुःखी भएका छन्। संसद् तथा सरकारमा रवि लामिछानेको प्रवेशले आफू निकै आशावादी भएकामा उनको बहिर्गमनले निराश बनाएको कुरा राउतले उल्लेख गरेका छन्। सँगसँगै उनले उनको पुनरागमनको अपेक्षा पनि गरेका छन्। 

‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेन्डाविपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो’, राउतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero.’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad