ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता

बालुवाटारमा ओली र प्रचण्ड। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
माघ १२, २०७९ बिहिबार १२:२०, काठमाडौँ

माघभित्रै राष्ट्रपति निर्वाचनको चर्चा चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ।

पुस १० गते बनेको सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रपति पद एमालेले लिने भएको छ। तर पुस २६ गते नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री अलमलमा छन्। 

सात दलबीच राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भए पनि कांग्रेसको पनि विश्वासको मत पाएपछि प्रधानमन्त्रीले यसबारे सहमति गरेर अघि बढ्न सकिने बताएका छन्।

कांग्रेसले यसअघि नै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ। उसले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विकमध्ये एकलाई उठाउने सम्भावना छ।

तर एमालेले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवारबारे कुनै निर्णय गर्न सकेको छैन। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितको नाम चर्चामा छ।

तर यसअघि बालुवाटारमा भएको बैठकमा राष्ट्रपति पदमा सबै दलसँग सहमति गरेर जान सकिने प्रधानमन्त्रीले बताएका थिए।

उनले सहमतिका लागि अन्य दलसँग छलफल भने गरेका छैनन्। कांग्रेसले सभामुख र उपसभामुखका सहयोग नपाएपछि राष्ट्रपतिमा पनि सहयोग मिल्न सक्ने अवस्था नरहेको निष्कर्ष यसअघि निकालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .