ad ad

समाज


भारतीय राजदूतावासले मनायो गणतन्त्र दिवस

भारतीय राजदूतावासले मनायो गणतन्त्र दिवस

नेपालखबर
माघ १२, २०७९ बिहिबार १२:३८, काठमाडौँ

काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ।

बिहीवार राजदुतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो।

त्यसअवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ। 

भारतीय सेनामा कार्यरत रहेर दिवंगत नेपालीहरुको सम्मानमा उनीहरुका परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको छ। 

त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराए। 

उनले राष्ट्रपतिको सन्देश पनि पढेर सुनाए। दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ। 

भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .