राजनीति


सत्ता साझेदार दलले मिलाए भागबन्डा, भोलि नयाँ मन्त्रीहरूको शपथ

सत्ता साझेदार दलले मिलाए भागबन्डा, भोलि नयाँ मन्त्रीहरूको शपथ

नेपालखबर
माघ २, २०७९ सोमबार २२:३०, काठमाडौँ

सत्ता साझेदार दलले मन्त्रालयको भागबन्डा टुंगो लगाएका छन्।

सोमबार साँझ ६ बजेदेखि बेलुका १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको साझेदार दलका शीर्ष दलको बैठकले १७ मन्त्रालयको भागवण्डामा सहमति जुटाएको हो।

उक्त सहमतिअनुसार मंगलबार दिउँसो १ बजे मन्त्रीहरुको शपथ राखिएको छ।

त्यसअघि फेरि एकपटक सत्ता साझेदार दलको बैठक बस्नेछ। मन्त्रीको शपथपछि अपरान्ह ४ बजे प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने दलको बैठक राखिएको छ।

सत्ता साझेदार दलले मन्त्रालय बाडफाट गर्दा एमालेले ८ मन्त्रालय पाएको छ।  एमालेबाट अहिले सरकारमा बिना विभागीयसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित ४ मन्त्री छन्।

यस्तै माओवादीले अब ४ मन्त्रालय पाएको छ। जसमा एक राज्य पनि छ। अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री छन् । अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छ।

रास्वपाले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने छन्। साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ।

जसपालाई २ मन्त्रालय दिने निर्णय भए पनि जसपा सहमत भएको छैन।

सोमबार मात्रै सत्ता साझेदार नेताहरु केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालकोटमा ५ घण्टा लामो वार्ता भएको थियो। 

१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए।

बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष ओलीसँग मोडालिटी बनाइएको हो।

सोमबार बालकोटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार आजै सक्ने दाबी गरेका थिए।

मन्त्रालय बाँडफाँट मोडालिटी बनाउन भक्तपुरको बालकोटामा ओलीसँग ५ घण्टा बढी छलफल गरेपछि प्रचण्डले मन्त्रिमण्डलले पूर्ण पाउने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .