ad ad

राजनीति


यो कार्यकालमा जनता र राष्ट्रको पक्षमा नयाँ कामको सुरुवात गर्छु : प्रधानमन्त्री

यो कार्यकालमा जनता र राष्ट्रको पक्षमा नयाँ कामको सुरुवात गर्छु : प्रधानमन्त्री

तस्बिर : प्रधानमन्त्रीकाे सचिवलाय।


नेपालखबर
माघ १, २०७९ आइतबार ९:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको यो कार्यकालमा जनता र राष्ट्रको पक्षमा केही नयाँ कामको सुरुवात गर्ने अठोटसहित शपथग्रहण गरेको बताएका छन्।

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा सिटिइभिटी सानोठिमी भक्तपुरमा आयोजित योग दिवसको कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

‘प्रधानमन्त्रीको रुपमा यो कार्यकालमा जनता र राष्ट्रको पक्षमा राम्रा केही नयाँ काम सुरुवात गर्ने अठोटसहित सपथग्रहण गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा भने। 

योग र ध्यान आध्यात्मिक चिन्तनका रुपमा लिनपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले योग अभ्यासलाई देशको शिक्षामा जोडेर अघि बढ्नपर्ने बताए। ‘पूरै संसार नै त्यसतिर आकर्षित छ। अझ नेपाल त्यसको धरोहर हो भन्दा हामीलाई गर्व अनुभूति हुन्छ। योग र ध्यान सबै अन्तरनिहीत रहेका छन्।’ प्रचण्डले भने।

विद्यालयस्तरबाटै योग शिक्षालाई अघि बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो। त्यसका लागि शिक्षा मन्त्रालयमार्फत आफूले काम गर्ने पनि प्रचण्डले बताए। 

‘विस्तारै योग र ध्यानको कुरालाई ध्यान दिएर माानिसलाई चेतनाको हिसाबले पनि स्वस्थ बनाउनका लागि आत्मसाथ गरेर नै विद्यालय स्तरबाटै यो शिक्षा अघि बढाउने गरियो भनेमात्र संसारभरी योग प्रशिक्षकहरु दिन सक्छौं,’ प्रचण्डले भने।

विभिन्न जातीका रोगव्याधीले मानवजातीलाई आक्रमण गरिरहेको भन्दै योग, चिन्त र आध्यात्मिकताको विषय महत्वपूर्ण भएको प्रधानमन्त्रीले बताए। ‘त्यसलाई रोक्न योग, चिन्त र आध्यत्मिकताको विषय महत्वपूर्ण पक्ष हो। सरकार र शिक्षा मन्त्रालयको तर्फबाट यसको विकासमा पहल गर्ने प्रतिवद्धता जनाउँछु।’ प्रधानमन्त्री प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .