ad ad

समाज


दमकको नमुना बजारमा आगलागी, लाखौँको क्षति

दमकको नमुना बजारमा आगलागी, लाखौँको क्षति

झापाको दमक-६ स्थित नमुना बजारमा भएको आगलागी। रासस : तस्बिर


नेपालखबर
माघ १, २०७९ आइतबार ९:३८, झापा

झापाको दमक–६ स्थित नमुना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।

वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन्। 
मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल थिए। 

आगलागीबाट जुत्ता–चप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उनले बताए। आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन।

आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए। क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए। 

आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका वारुणयन्त्र, प्रहरी तथा स्थानीयको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .