ad ad

राजनीति


एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्ने

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्ने

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस १९, २०७९ मंगलबार ८:५६, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज पनि बस्दै छ। 

स्थायी कमिटी बैठक सकिएलगत्तै सोमबारबाट सुरु भएको पोलिटब्यूरो बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

सोमबारको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ।  बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्।

शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो।

१८ महिनासम्मका सहयात्री प्रचण्डले अघिल्लो आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै बालकोट गएर सम्झौता गरेपछि समाजवादी निराश छ। 

यस्तोमा जारी बैठकमा सरकारमा जानेबारे अनौपचारिक कुरा भए पनि प्रस्ताव नै नआएकाले त्यसतर्फ तत्कालै सोच्न नहुनेमा नेताहरु पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .