खेल


नेपाल टी–२० अन्योलमा, काठमाडौं र विराटनगरको खेलमा टस नै हुन सकेन

नेपाल टी–२० अन्योलमा, काठमाडौं र विराटनगरको खेलमा टस नै हुन सकेन

तस्बिर : लक्ष्मी जि.सी/नेपालखबर


नेपालखबर
पुस १९, २०७९ मंगलबार ९:४, काठमाडौँ

नेपाली टी–२० लिग क्रिकेट प्रतियोगिता अन्यौलमा परेको छ। आयोजकहरू नै सम्पर्कबाहिर भएपछि टी–२० लिग स्थगितको संघारमा पुगेको हो। 

६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाउँदा मंगलबारबाट हुने खेल अन्यौलमा पुगेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं र विराटनगरबीच मंगलबार हुन लागेको खेल सुरु हुन सकेको छैन्। खेलाडीहरुले ‘टस’ को पेपर नै लिन नमानेपछि खेल सुरु हुन नसकेको हो। विराटनगर, जनकपर, काठमाडौं र सुदूरपश्चिमले पारिश्रमिक पाएको छैन।

विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबार (आज) देखि खेल नखेल्ने धम्की दिएका थिए।

तर, सोमबार साँझबाट आयोजकहरू नै सम्पर्कभन्दा बाहिर भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो।

सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन्। 

आयोजक बेखबर भएपछि क्यानका केही पदाधिकारीले सोमबार राति त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा घेराबन्दी हालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad