राजनीति


प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षी लीको सन्देश : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षी लीको सन्देश : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १६:५०, काठमाडौँ

नेपालस्थित कार्यवाहक चिनियाँ राजदूत वाङ् सिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन्। 

भेटमा कार्यवाहक राजदूत वाङ्ले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्को बधाई सन्देश हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध र हितका बारेमा छलफल भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ। 

पत्रमा चिनियाँ प्रधानमन्त्री लिले नेपालको शान्ति र स्थिरताका लागि एक असल छिमेकी र मित्रराष्ट्रको नाताले निरन्तर सहयोग गर्ने बताएका छन्। 

पत्रमा चिनियाँ प्रधानमन्त्री लिले प्रचण्डलाई कार्यकाल सफलताको पनि कामना गरेका छन्। 

‘तपाईँको नेतृत्वमा बनेको सरकारले नेपालको आर्थिक विकासमा चाल्ने प्रयासमा चीनले पुरा साथ दिनेछ’ उनले पत्रमा भनेका छन्। 

छिमेकी तथा अन्य देशका कूटनीतिक प्रतिनिधीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिइरहेका छन्।

आजै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। हिजो बिहीबार अमेरिकी राजदूत डिन आर थम्पसनले भेटेर बधाई दिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad