लमजुङस्थित मर्स्याङ्दी नदीमा खसेर सशस्त्र प्रहरीका एकजना जवान शुक्रबार बिहान बेपत्ता भएका छन्।
सदरमुकाम बेंसीसहरबाट शुक्रबार बिहान मनाङ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जीपमा सवार सशस्त्र प्रहरी जवान अनन्त महत पिसाव फेर्न निस्किँदा लडेका थिए।
पिशाव फेर्न जीपबाट उत्रिएका ३२ वर्षीय महत लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट लडेर मर्स्याङ्दी नदीमा खसेका हुन्। त्यसपछि उनी बेपत्ता छन्।
रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, बिजुलीकोट घर भएका महतको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ।
महत सशस्त्र प्रहरीको २२ नम्बर गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नम्बर गुल्मको हेडक्वार्टर चामे मनाङ जाँदै थिए।
1.4k
Shares

प्रतिक्रिया