राजनीति


भारतले भन्यो : प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार छौँ

भारतले भन्यो : प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार छौँ

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्ची। तस्बिर : ट्विटरबाट


नेपालखबर
पुस १४, २०७९ बिहिबार १८:०, काठमाडौँ

दक्षिणी छिमेकी भारतले नेपालमा सोमबार गठित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त कुरा बताएका हुन्।

'...तपाईंहरुले पुरानै कुरा सोध्नु भयो। नेपालमा हालै प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डलाई हाम्रा प्रधानमन्त्रीले बधाई दिइसक्नु भएको छ', उनले भने, 'नेपाली प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई जवाफ दिइसक्नु भएको छ। दुवै देशबीच गहिरो सम्बन्ध बनाउन चाहने कुरा प्रचण्डले बताइसक्नु भएको छ।'

आफूहरु पनि नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा रहेको उनले बताए। 'घनिष्ठ छिमेकी नेपालसँग द्विपक्षीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कमी गर्दैनौँ', उनले भने, 'द्विपक्षीय सम्बन्ध बढाउन हामी प्रचण्डजीको सरकारसँग मिलेर काम गर्न तयार छौँ।'

उनले पहिले पनि नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको कुरा बताएको दोहोर्‍याए। 'हामीले पहिले पनि भनेका छौँ नेपालको नयाँ सरकारकसँग काम गर्न तयार छौँ', उनले भने, 'नेपालको नयाँ सरकारलाई हामीले बधाईकै क्रममा यो सन्देश दिइसकेका छौँ।' 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad