ad ad

राजनीति


नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्नेमा राष्ट्रपतिको जोड

नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्नेमा राष्ट्रपतिको जोड

नेपालखबर
पुस ९, २०७६ बुधबार १०:४१,

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीति सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।

नेपाल पूर्वराजदूत संघद्वारा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’मा उनले नेपालको भूराजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई ध्यानमा राखी परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिइन्।

‘हाम्रो परराष्ट्र नीतिको मूल मर्म भनेको सबैसँग मित्रता हो, हामी विश्वलाई नै मित्रताको सम्बन्धमा गाँस्नुपर्ने लक्ष्य लिएर हिँडिरहेका छौँ’, उनले भनिन्। कूटनीतिक माध्यमद्वारा देशको गरिमा र प्रतिष्ठा सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका वरिष्ठ पूर्वराजदूतको योगदानको राज्यले सधैँ स्मरण गरिरहने बताउँदै उनले विभिन्न चुनौतीका बीच मुलुकको शिर उँचो राख्न पूर्वराजदूतले प्राप्त गरेको सफलता नेपालको इतिहासको उज्ज्वल पक्ष भएको बताइन्।

राष्ट्रपति भण्डारीले समारोहमा ज्येष्ठ पूर्वराजदूत योगप्रसाद उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, कमल कोइराला र प्रा डा मोहन लोहनीलाई संघका तर्फबाट सम्मान गरिन्।



सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको राजनीतिक सङ्क्रमणका समयमा मुलुकको छविलाई माथि बढाउन र सम्बन्ध प्रगाढ तुल्याउन पूर्वराजदूतबाट महत्वपूर्ण भूमिका निर्वाह भएकामा सन्तोष व्यक्त गरे।

नेपालजस्तो मुलुकका लागि आफ्नो अस्तित्व, विकास र हितको प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम भनेकै सफल कूटनीति भएको बताउँदै उनले नेपालको सामथ्र्य भनेकै आफ्ना मित्रसँग सन्तुलित सम्बन्ध विकास गरेर हित प्रवद्र्धन गर्नु भएको बताए। पराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘हाम्रो जस्तो देशका लागि कूटनीतिक विकास महत्वपूर्ण साधनका रुपमा रहेको छ, त्यसमा राजदूतको भूमिका सर्वोपरी हुन्छ। मुलुकको परराष्ट्रनीति मात्रै सही भएर हुँदैन, त्यसलाई सञ्चालन गर्ने राजदूत र मन्त्रालयको संयन्त्र कस्तो छ, भन्ने कुराले तय गर्छ।’

सम्मानित पूर्वराजदूत श्रेष्ठले परराष्ट्र सेवाबाट नियुक्त व्यक्ति मात्र कूटनीतिज्ञ हुन् भन्ने खालको मन्त्रालयको बुझाइलाई सच्याउन सुझाब दिँदै खटाइएका राजदूतको योगदानको मूल्यांकन गर्ने संयन्त्रको आवश्यकतामा जोड दिइन्। नेपाल पूर्वराजदूत संघका अध्यक्ष डा. शम्भुराम सिंखडाले नेपालजस्ता साना मुलुकले कूटनीतिक चलाखीबाट आफ्नो स्वार्थ र राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्नुपर्ने बताए। पूर्वराजदूत उपाध्याय संयुक्त राज्य अमेरिका, श्रेष्ठ बेलायत, कोइराला दक्षिण कोरिया र प्रा. डा. लोहनी बंगलादेशमा नेपाली राजदूतका रुपमा रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .