प्रधानमन्त्री वालेन्द्र शाह महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्न लागेका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता वृद्धिका विषयमा संवाद हुने भएको छ।
छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुँदै छन्।
39
Shares

प्रतिक्रिया