ad ad

कला


निर्देशकको प्रश्न: सलमान, शाहरुख र आमिर मुस्लिमविरोधी कानुनबारे किन बोल्दैनन्?

निर्देशकको प्रश्न: सलमान, शाहरुख र आमिर मुस्लिमविरोधी कानुनबारे किन बोल्दैनन्?

नेपालखबर
पुस ९, २०७६ बुधबार १०:४३,

बलिउड निर्देशक अनुभव सिन्हाले ‘तीन खान’ का रुपमा परिचित अभिनेताहरुलाई भेदभावपूर्ण नागरिकता कानुन र त्यसका कारण फैलिएको हिंसाविरुद्ध बोल्न आग्रह गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले १२ डिसेम्बरमा यो कानुन पारित गरेपछि भएका प्रदर्शनहरुमा कम्ती २५ जनाको ज्यान गइसकेको छ।

यो कानुनविरुद्ध बलिउडका केही कलाकार र निर्देशक विरोधमा उत्रिएका छन्। तर, सलमान, शाहरुख र आमिर खानले यसबारे केही बोलेका छैनन्।

‘जसले यसबारे केही बोलेका छैनन्, म उनीहरुसँग रिसाएको छु,’ आर्टिकल १५, रा वानजस्ता फिल्मका निर्देशक सिन्हाले भने, ‘उनीहरुको एक शब्दले लाखौँलाई प्रभावित गर्न सक्छ। उनीहरु मसँग सहमत हुनैपर्छ भन्ने छैन, तर उनीहरुले केही बोल्नुपर्छ।

शाहरुखको ४ करोड, सलमानको ३.८ करोड र आमिर खानको २.५ करोड ट्विटर फलोअर्स छन्।

हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी सत्तामा आइसकेपछि धार्मिक असहिष्णुता बढेको आमिरले टिप्पणी गर्दा सो पार्टीका नेताहरुले उनलाई पाकिस्तान जान भनेका थिए। 

पछिल्लो समय ती कलाकार सरकारको आलोचनाबाट बच्न थालेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .