ad ad

खेल


प्रधानसेनापति महिला फुटबलको उपाधि एपीएफलाई (फाेटाे)

प्रधानसेनापति महिला फुटबलको उपाधि एपीएफलाई (फाेटाे)

नेपालखबर
पुस ९, २०७६ बुधबार १०:११,

सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपीएफ लगातार पाँचौं पटक च्याम्पियन बनेको छ।

एपीएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए।

apf-win8.jpg

भद्रकालीस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जङ्गी अड्डाको मैदानमा पाँचौं मिनेटमा सरुको गोलबाट एपीएफले अग्रता लिएको थियो। खेल सकिन १ मिनेट बाँकी रहँदा रेखाले अर्को गोल थप्दै जित निश्चित पारेकी थिइन्।

apf-win14.jpg

उपाधिसहित एपीएफले ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनलिस्ट नेपाल पुलिस क्लब र भुटानको राष्ट्रिय टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

उत्कृष्ट खेलाडी नेपाली सेनाकी दिपा राईले स्कुटर प्राप्त गरेकी छन्।

apf-win9.jpg

नेपाल पुलिस क्लबलाई ५–२ ले हराउँदै एपीएफ र भुटानको राष्ट्रिय टोलीलाई २–० ले हराउँदै आर्मीले एकअर्कासँगको फाइनल भेट पक्का गरेका थिए। लिग चरणमा एपीएफ र आर्मी एकै समूहमा थिए। जहाँ एपीएफ अपराजित रहँदै समूह विजेता बनेको थियो। एपीएफले आर्मीलाई ४–२ ले हराएको थियो।

एपीएफले समूह चरणमा सिक्किम युनाइटेडलाई १८–० र प्रदेश १ लाई ९–० ले हराएको थियो। सोही समूहमा सिक्किमलाई १०–० ले हराएको आर्मीले प्रदेश १ लाई ९–० ले नै पराजित गरेको थियो।

apf-win10.jpg

खेलमा बेस्ट गाेलकिपर एपीएफकी अञ्जली तुम्बापाे सुब्बा भइन् भने बेस्ट डिफेन्डर आर्मीकी पुजा राना मगर भइन्। 

 यसैगरी मिडफिल्डरमा भुटानकी पेमा छाेदेन छिरिङ, फरवार्डतर्फ एपीएफकी साबित्रा भण्डारी तथा काेचमा एपीएफकै जनक सि‌ंह उत्कृष्ट घाेषित भए।

apf win2

apf win3

apf win4

apf win5

 

apf win6

apf win7

apf-win11.jpg 

apf-win12.jpg

apf-win13.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .