ad ad

राजनीति


बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठकमा सहभागी शीर्ष नेताहरु। तस्बिर : सूर्य किरण/प्रधानमन्त्री सचिवालय


नेपालखबर
पुस १४, २०७९ बिहिबार ९:४८, काठमाडौँ

सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच साढे २ घन्टाभन्दा बढी छलफल भएको थियो। 

सो छलफलपछि संचारकर्मीसँग कुरा गर्दै मल्लले बिहीबार पुनः बालुवाटारमा छलफल हुने बताएका थिए। आजको बैठकबाट मन्त्रालय भागवण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ। 

साथै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने छ। 

प्रधानमन्त्री प्रचण्ड बुधबार साँझमात्र सरकारी निवास बालुवाटार सरेका हुन्। उनी बालुवाटार सरेपछि आज पहिलोपटक सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .