ad ad

राजनीति


प्रधानमन्त्रीको ट्वीटर ह्याण्डिल लक, खुलाउने प्रयासमा प्राविधिक टिम

प्रधानमन्त्रीको ट्वीटर ह्याण्डिल लक, खुलाउने प्रयासमा प्राविधिक टिम

नेपालखबर
पुस १४, २०७९ बिहिबार १०:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक ट्वीटर ह्याण्डल ‘प्रोटेक्टेट’ मोडमा राखिएको छ यो भनेको ट्वीटर ह्याण्डिल लक भएको हो। त्यसो हुँदा कुनैपनि पोस्ट गर्न/हेर्न नमिल्ने भएको छ।  

प्रधानमन्त्रीका आइटी विभागमा कार्यरत एक कर्मचारीका अनुसार अहिले ट्वीटर ह्याण्डलबाट कनै पनि सामाग्री पोस्ट गर्न नमिल्ने भएको छ। 

‘यसमा केही प्राविधिक समस्या हो। कुनै पनि गतिविधि असामान्य लाग्यो भने ट्वीटरले लक गर्न सक्छ त्यो छिट्टै समाधान गर्न प्राविधिक टिम खटिएको छ,’ ती कर्मचारीले नेपालखबरसँग भने। 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर दउवाको सचिवालयले चलाउँदै आएको उक्त ह्याण्डिल अहिलेसम्म प्रचण्ड सचिवालयलाई जिम्मा लगाइएको छैन्। प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै प्रोफाइल र कभर फोटो देउवाकै सचिवालयबाट परिवर्तन गरिएको थियो। 

‘प्रोफाइल र कभर फोटो परिवर्तन भएको देखेर पनि ट्वीटरले लक गरेको हुनसक्छ,’ ती कर्मचारी भन्छन्, ‘ट्वीटरमा रिक्वेस्ट पठाएपछि त्यो स्वतः खुल्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .