राजनीति


एकअर्कालाई दोष दिएर मुलुक अघि बढन सक्दैन : माधव नेपाल

एकअर्कालाई दोष दिएर मुलुक अघि बढन सक्दैन : माधव नेपाल

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १४:५, काठमाडौँ

सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढन आग्रह गरेका छन्। 

आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव दिएका हुन्। 

उनले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारे। 

उनले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरणसमेत गराए। 
‘सरकारले आफूलाई समिक्षा गर्दै अघि बढनु पर्दछ। एकले अर्कालाई दोष दिएर मुलुक अघि बढन सक्दैन। गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन', उनले भने, 'संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन। त्यो स्पष्ट छ। संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सकुन्। सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ। महिला हिंसामुक्त पालिका होस। छुवाछुत मुक्त मेरो पालिका हुन। सबै जाति समुदायमाझ सामाजिक सदभाव कायम राखेको पालिका हाम्रो होस्। त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने हो गरी काम गर्नुपर्छ।’

अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सवल ढंगले काम गर्ने विश्वास जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad