एसयूभी सेगमेन्टमा टाटा नेक्सन सबैभन्दा बढी बिक्री हुने गाडी बनेको छ। भारतमा नोभेम्बर महिनामा नेक्सनको माग ६१ प्रतिशतले बढेको हो।
टाटा मोटर्सले सन् २०२१ को नोभेम्बरमा ९ हजार ८३१ नेक्सन गाडी बिक्री गरेकोमा २०२२ मा १५ हजार ८७१ वटा बिक्री गरेको छ। नेक्सनसँग प्रतिस्पर्धामा रहेको हुन्डाई क्रेटा १३ हजार ३२१ वटा बिक्री भएको छ।
नेक्सन पेट्रोल, डिजेल, इलेक्ट्रिक भर्जनमा उपलब्ध छ। नेक्सन १.२ लिटर टर्बोचार्ज्ड पेट्रोल र १.५ टर्बोचार्ज डिजेल इन्जिनमा उपलब्ध छ। यसको ग्राउन्ड क्लियरेन्स २०९ एमएम रहेको छ।
त्यस्तै भारतीय बजारमा टाटाको पञ्च १२ हजार १३१ गाडी बिक्री गरेको छ भने हचब्याग टियागो ५ हजार ९७ वटा बिक्री गरेको छ। अल्ट्रोज ५ हजार ८४ वटा बिक्री भएका छन्।
नोभेम्बर महिनामा भारतको बजारमा बढी बिक्री हुने गाडीभने मारुती सुजुकीको हचब्याग बलेनो रहेको छ। १ महिनामा बलेनो २० हजार ९४५ वटा बिक्री भएका छन्।
Shares
प्रतिक्रिया