ad ad

राजनीति


कस्मिरबारे भारतको आलोचनापछि जयशंकरले अमेरिकी सांसदसँगको भेट रद्ध गरे

कस्मिरबारे भारतको आलोचनापछि जयशंकरले अमेरिकी सांसदसँगको भेट रद्ध गरे

नेपालखबर
पुस ५, २०७६ शनिबार ८:१२,

भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले अमेरिकी सांसदहरुसँगको भेटवार्ता अन्तिम समयमा रद्ध गरेका छन्।

मोदी सरकारको आलोचना गर्ने एक अमेरिकी सांसदलाई प्रतिनिधि मण्डलबाट हटाउन जयशंकरले माग गरेका थिए। तर, अमेरिकी सांसदहरुले जयशंकरको सो माग पूरा नगर्ने भएपछि सो भेट रद्ध भएको हो।

अमेरिका भ्रमणमा रहेका जयंशकरले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका विदेश मामिला समिति प्रमुख एलियट एल एन्जेल, माइकल म्याक्कौलसहितका सांसदहरुसँग भेट गर्ने कार्यक्रम थियो।

सोही टोलीमा थिइन् डेमोक्रेटिक पार्टीकी सांसद प्रमिला जयपाल। उनी कस्मिरमा मोदी सरकारको कदमको कट्टर आलोचक हुन्। उनले भारत सरकारलाई सञ्चार प्रतिबन्ध फुकुवा गर्न र धार्मिक स्वतन्त्रताको रक्षा गर्न आह्वान गर्ने संकल्प प्रस्ताव पनि संसदमा पेस गर्ने तयारी गरेकी छन्।

जयंशकरले सांसदहरुको टोलीबाट जयपाललाई हटाउनुपर्ने माग राखे।

तर, अमेरिकी सांसदहरुले उनको माग पूरा नगरेपछि जयशंकरले सो भेट रद्ध गरेका हुन्।

‘यसले भारत सरकार असन्तुष्टहरुको आवाज सुन्न तयार छैन भन्ने अवधारणालाई थप पुष्टि गर्छ,’ सांसद जयपालले वाशिंगटन पोस्टसँग भनेकी छन्।

जयशंकरले गत बुधबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेट गरेका थिए।

पछिल्लो समय भारत सरकारले भारतको एक मात्र मुस्लिम बहुल राज्य जम्मु र कस्मिरलाई टुक्र्याएको छ। साथै, हालै सरकारले पारित गरेको नागरिकता संशोधन कानुन मुस्लिमप्रति विभेदकारी भएको भन्दै मुलुकभर प्रदर्शन चर्केको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .