ad ad

समाज


दाङमा एक वर्षमा १२० सवारी दुर्घटना, ३६ को मृत्यु, १०५ गम्भीर घाइते

दाङमा एक वर्षमा  १२० सवारी दुर्घटना, ३६ को मृत्यु, १०५ गम्भीर घाइते

नेपालखबर
पुस ५, २०७६ शनिबार ८:३,

दाङमा चालू आर्थिक वर्ष २०७६-७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन बालक, छ बालिका रहेका छन्।

साथै दुर्घटनामा ७० पुरुष, २० महिला, १० बालक, ६ बालिका गरी १०५ गम्भीर घाइते भएका छन् भने ३५ पुरुष, २३ महिला, पाँच बालक, १४ बालिका गरेर ७७ व्यक्ति भने सामान्य घाइते भएको रेग्मीले बताए।

ट्राफिक प्रमुख रेग्मीका अनुसार चालकको लापरवाही, ओभरटेक, तीव्रगति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु, सवारीको अवस्था ठीक नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, छाडा पशुचौपाया, सडकको अवस्था खराबलगायतका कारण दुर्घटना हुने गरेको छ।

ट्राफिक प्रमुख रेग्मीका अनुसार साउनमा ट्रक÷टिपर चार, बस चार, जिप÷कार चार, ट्र्याक्टर एक, मोटरसाइकल १३ तथा अन्य गरी २७ सवारी दुर्र्घटना भएको थियो। भदौमा ट्रक तीन, टिपर एक, बस तीन, जीप÷कार दुई, ट्र्याक्टर दुई, टेम्पो तीन, मोटरसाइकल १५ गरेर जम्मा २९ सवारी दुर्घटना भयो। असोजमा ट्रक एउटा, टिपर एक, बस दुई, माइक्रो एक, जिप÷कार दुई, टेम्पो तीन, मोटरसाइकल १३ गरी २३ दुर्घटना भएका छन् । कात्तिकमा ट्रक एउटा, बस तीन, माइक्रो एउटा, जिप एक, कार दुई, ट्र्याक्टर तीन, टेम्पो चार र मोटरसाइकल ११ तथा अन्य दुई गरी २७ दुर्घटनामा परेको रेग्मीले बताए। मंसिरमा टिपर दुई, बस तीन, ट्र्याक्टर दुई, मोटरसाइकल सात गरेर १४ दुर्घटनामा परेका थिए।

गत आर्थिक वर्षको तथ्यांकअनुसार साउन महिनामा २२, भदौमा २३, असोजमा २४, कात्तिकमा २४, मंसिरमा २६, पुसमा १५, माघमा २८ फागुनमा २१, चैत्रमा २०, वैशाखमा १५, जेठमा १५ र असारमा १५ गरेर जम्मा १५१ सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। गएको वर्ष छ बालकको मृत्यु भएको थियो भने ३५ घाइते भएका थिए।

त्यस्तै बालिका दुईको मृत्यु भयो भने १५ घाइते भएका थिए । यस्तै ७५ पुरुषको मृत्यु भएको थियो भने २४७ घाइते भएका थिए। सवारी दुर्घटनामा १९ महिलाको मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .