ad ad

राजनीति


कञ्चनपुर : प्रतिनिधि सभाका २ क्षेत्रमा कांग्रेस अगाडि, एउटामा एमाले

कञ्चनपुर : प्रतिनिधि सभाका २ क्षेत्रमा कांग्रेस अगाडि, एउटामा एमाले

गोकुल जोशी
मंसिर ६, २०७९ मंगलबार ८:४३, कञ्चनपुर

कञ्चनपुरका प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ।

प्रारम्भिक मतपरिणाम अनुसार दुई क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका अग्रस्थानमा छ एउटा क्षेत्रमा नेकपा एमाले अगाडि छ।

प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका एनपी साउद २ हजार ८५० मत सहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २ हजार ८१२ मत प्राप्त गरेका छन्। 

क्षेत्र नं. ३  मा नेपाली कांग्रेसका रमेश लेखक ७ हजार ६१६ मत सहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले ४ हजार १६३ मत प्राप्त गरेकी छन्।

कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा एमालेका तारा लामा तामाङ २ हजार २७४ मत सहित अगाडि छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगरले १ हजार १८४ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .