प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मतगणना सुरु भएको छ। डडेल्धुरामा सोमबार दिउँसो साढे ३ बजेबाट मतगणना सुरु भएको हो।
डडेल्धुरामा ५१ हजार ६६० मत खसेको थियो। निर्वाचन आयोगका अनुसार यहाँ कूल मतदाताको संख्या ९१ हजार २०१ छ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौं पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। उनीविरुद्ध नेकपा एमालेले आफ्नो दलबाट उम्मेदवार उठाएको छैन।
एमालेले डडेल्धुरामा देउवाका पूर्वसहयोगी रहेका नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई सघाउन दलबाट उम्मेदवारी नदिएको हो।
165
Shares

प्रतिक्रिया