राजनीति


ओनसरीलाई शुभकामना दिँदै ९३ वर्षीय वृद्धले भने– जितेपछि फेरि आउनु है!

ओनसरीलाई शुभकामना दिँदै ९३ वर्षीय वृद्धले भने– जितेपछि फेरि आउनु है!

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ९:३, काठमाडौँ

पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीलाई ९३ वर्षीय वृद्धले जितको शुभकामना दिँदै माला लगाइदिएका छन्।

काठमाडौं–२२ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार घर्तीलाई चुनावी घरदैलोका क्रममा शंकरापुर नगरपालिका–१ नाङ्लेभारे चापाबोटका ९३ वर्षीय देवदत्त दंगालले आशिर्वाद दिएका हुन्।

ओनसरी गठबन्धनका तर्फबाट काठमाडौं–२ (ख) उम्मेदवार एकीकृत समाजवादीका नेता भरतप्रसाद फुयाँलसहित चुनावी घरदैलोका क्रममा काठमाडौंको विकट नाङ्लेभारे पुगेकी थिइन्। ओनसरी घरदैलोमा आएको सुनेपछि दंगाल आफैं फूलको माला बोकेर सडकमा उभिएका थिए। 

आफ्नो स्वागतमा वृद्ध उभिएको देखेपछि घर्तीले परेबाट गाडी साइड गर्न चालकलाई भनिन्। गाडीबाट ओर्लिएर नमस्कार गर्दै उनी दंगाल भएतिर गइन्। दंगाल दम्पत्तिले सयपत्री फूलको माला लगाएर घर्तीलाई जितको शुभकामना दिए। ‘यो ठाउँको विकासका लागि तिमिले जित्नुपर्छ नानी, मलाई विश्वास छ तिमिले जित्छौ। छरछिमेक सबैतिर मैले तिमिलाई भोट दिनुपर्छ भनेको छु’, दंगालले भने।

काठमाडौं भए पनि बत्ती मुनिको अँध्यारो सरह आफ्नो ठाउँ पछि परेकामा वृद्धले दुःखेसो पोखे। आफूहरुको पुस्ताले धेरै सास्ती खेप्नु परे पनि नाती÷पनाती पुस्तका लागि विकास गरिदिएको हेर्ने इच्छा रहेको दंगालले बताए। 

४६ वर्षीया ओनसरीले आफ्ना बाबुभन्दा पाका उमेरका वृद्धको स्वागत र आशिर्वादबाट खुसी हुँदै आफ्नो गलामा लगाएको माला दंगाललाई लगाइदिइन् र आशिर्वाद लागोस् भनिन्।

उनले आफूले चुनाव जितेपछि काठमाण्डौं–२ को विकासबाहेक अरु कुरामा ध्यान नदिने भन्दै आश्वस्त पार्न खोजिन्। ‘विकासकै लागि यहाँ आएकी हुँ। हामीले यो क्षेत्रको विकासका लागि धेरै योजना बनाएका छौं, मौका पाएँ भने काम गरेर देखाउँछु।’

छुट्ने बेलामा ओनसरीले वृद्धसँग तस्बिर चिखाउने इच्छा गरिन्। सामूहिक तस्बिर खिचाएपछि उनी हात हल्लाउँदै बिदा भइन्। ओनसरी गाडी चढ्नै लाग्दा वृद्धले भने, ‘जितेपछि फेरि आउनू है।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad