इन्डोनेसियामा चलिरहेको जी२० मुलुकको बैठकको बुधबार अन्तिम दिन हो।
यो बैठककै क्रममा जी७ का नेताहरुबीच पोल्याण्डमा रुसी मिसाइल खसेको विषयमा पनि चर्चा भएको छ। यो वार्तामा को तस्बिर पनि सार्वजनिक भएको छ।
उक्त तस्बिरमा अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेता सहभागी भएको देखिन्छ। त्यसका सागै बैठकमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेल र युरोेपेली संघका कमिशनर पनि सामेल छन्।
रुसी मिसाइल पोल्याण्डमा खसेसँगै यसको परिणामबारेको आशंक बढेको छ।
पोल्याण्ड अमेरिकी सैन्य गठबन्धन नेटोमा आबद्ध मुलुक हो। यस्तोमा पोल्याण्डमाथिको आक्रमणमा नेटोमाथिको आक्रमण मान्न सकिनेछ। अब के अमेरिकी सेना पोल्याण्ड आउला त? भन्नेमा धेरैको ध्यान केन्द्रित भएको छ।
रुसी मिसाइल पोल्याण्ड गएसँगै पश्चिमा मुलुकका नेता आफ्ना रक्षा तथा विदेश मन्त्रालयसँगको वार्तामा व्यस्त भएका छन्।
Shares

प्रतिक्रिया