राजनीति


ओलीको टिप्पणी : देउवाले अझै लोकतन्त्र बुझाउँछन्, प्रचण्डले आफ्नो घर जलाएर कांग्रेसको पालीमा शरण लिए

ओलीको टिप्पणी : देउवाले अझै लोकतन्त्र बुझाउँछन्, प्रचण्डले आफ्नो घर जलाएर कांग्रेसको पालीमा शरण लिए

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १३:४२, काठमाडौँ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि लोकतन्त्रमाथि कैँची चलाउन सक्ने बताएका छन्।

कालिकोटमा आइतवार आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले देउवालाई प्रतिगामीको संज्ञा पनि दिएका छन्।

'शेरबहादुर देउवालाई हेरेर मलाई अहिले पनि असोज १८ र माघ १९ गते सम्झनामा आउँछ। देउवाले अहिले पनि मौका पाए भने लोकतन्त्रलाई लगेर कतै बुझाइदिन्छन्', उनले भने, 'उहाँहरुले धेरै भ्रम फिँजाउन थालेपछि म बोल्न बाध्य भएँ। मैले ताजा जनादेशमा जाने निर्णय लिनु प्रतिगमन भन्नेहरुको विगत हेर्नुस् मौका पर्दा लोकतन्त्रलाई कहाँ लगेर बुझाएका थिए।'

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै आफ्नो घरमा आगो लगाएको टिप्पणी गरे।  

'प्रचण्डले २०७४ मा जारी गरेको संयुक्त घोषणापत्रको प्रतिवद्धता च्यातेपछि कुरो बिग्रिएको हो', उनले भने, 'प्रचण्डले आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बस्न गए। अहिले शेरबहादुर देउवा र प्रचण्ड भन्छन् प्रतिनिधिसभा बचायौँ भन्छन्, तर उनीहरुको विगत हेर्नुस् त एक पटक।'

ओलीले मंसिर ४ सत्ता गठबन्धनलाई फ्याँक्ने अवसर भएको बताए। 'चिट चोरेर खानाका लागि यो गठबन्धन बनेको हो', उनले भने, 'मंसिर ४ गठबन्धनलाई फ्याँक्ने एउटा अवसरका रुपमा आएको छ। एमालेले देश बनाउँछ भन्ने व्यवहारमा देखाएको छ। त्यसैले एमालेले यो चुनावमा बहुमत ल्याउनुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad