समाज


उपचार खर्चका लागि सामाजिक सञ्जालबाटै संकलन गरियो ४ लाख ३८ हजार

उपचार खर्चका लागि सामाजिक सञ्जालबाटै संकलन गरियो ४ लाख ३८ हजार

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १३:५०, गलकोट

दुर्घटनमा परी गम्भीर घाइते भएका मनिष कँडेलको उपचारका लागि सामाजिक सञ्जालमा चलाइएको सहयोग अभियानबाट रु चार लाख ३८ हजार रकम सहयोग जुटाइएको छ। 

कात्तिक १७ गते मोटरसाइकल दुर्घटनमा परी गम्भीर घाइते भएका बागलुङ काठेखोला गाउँपालिका–५ का १९ वर्षीय मनिष कँडेल अहिले मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचाररत छन्। 

कँडेलको परिवारको आर्थिक अवस्था कमजोर भएकाले स्वतःस्फूर्त रूपमा युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलाइएको थियो। सहयोग सङ्कलन अभियानका युवा रोशन कुँवरका अनुसार सङ्कलित रकममध्ये रु एक लाख परिवारलाई हस्तान्तरण गरिसकेको छ भने अन्य रकम कँडेलको उपचारमै खर्च गरिनेछ। 

“साथी दुर्घटनामा गम्भीर हुँदा हामीहरुले सामाजिक सञ्जालमार्फत सहयोग अभियान सञ्चालनमा ल्याएका हौँ”, कुँवरले भने, “हाम्रो अभियानलाई धेरैले साथ र सहयोग गर्नुभएको छ, हालसम्म सङ्कलन भएको रकम छिट्टै मनिष कँडेलको उपचारका लागि प्रदान गरिनेछ।”

सामाजिक सञ्जालमा सञ्चालन गरेको एक अपिलमार्फत उक्त रकम जुट्नुले कँडेलको उपचारमा सहयोग पुग्ने परिवारको भनाइ छ। कँडेल बागलुङ नगरपालिका–१ माझीबस्ती जनिकै मालढुङ्गादेखि आउँदै गरेको ध२प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारदेखि जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका थिए।  दुर्घटनामा पर्वत पिपलटारीका २३ वर्षीय रोहित भुसालसमेत घाइते भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad