राजनीति


सबैभन्दा ठूला प्रतिगमनकारी प्रचण्डजीहरू : वैद्य

सबैभन्दा ठूला प्रतिगमनकारी प्रचण्डजीहरू : वैद्य

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १८:३४, काठमाडौँ

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताएका छन्।

बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा चार दलले आयोजनामा गरेको निर्वाचन बहिस्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताए। उनले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताए। 

उनले नयाँ क्रान्तिको तयारी गर्न क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताए। 

उनले निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको बताए। आफूहरु निर्वाचनको बहिष्कारको पक्षमा रहेको भन्दै आचारसंहीता नलाग्ने जिकिर गरे। उनले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहालमाथि आक्रोश पोखे।

उनले दाहालहरुले प्रतिगमनको बिरुद्धमा लडेको भनेपनि आफूहरु माथि प्रतिगमन गरेको बताए। उनले जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका बिरुद्ध लड्ने हो भनि प्रश्नसमेत गरे। 

वैद्यले भने, ‘ठाउँ ठाउँ पूरै दमन गरिराखेको छ। यो कारण के हो? निर्वाचन आयोग के हो? त्यसको आचारसंहीता के हो? निर्वाचन आयोग को हो? आचारसंहीता हामीलाई किन लाग्ने? हामी बहिस्कारवादीलाई किन लाग्ने त्यो आचारसंहीता? भन्छन् लोकतन्त्र, शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दाखेरी माइक भाँचिदिने, पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राख्ने। यो के तरिका हो? यही हो लोकतन्त्र। प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध। यहाँभन्दा ठूलो प्रतिगमन के हो? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ। यो के लोकतन्त्र हो? लोकतन्त्र फासिवादतिर गइराखेको छ।’

कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले मंसिर ४ गतेको निर्वाचन खारेज गरेर स्वाधिन स्वयुक्त सरकार बनाउनुपर्ने बताए। 

उनले स्वाधिन सरकार बनाउँदै संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने बताए। देशको राजनीतिक मुद्दा समाधान भएपछि मात्रै निर्वाचन गर्नसकिने उनको भनाई छ। 

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टीले निर्वाचन बष्किारको घोषणा गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad