ad ad

राजनीति


गठबन्धन सरकारले प्रेस स्वतन्त्रतामा कुनै बन्देज लगाएको छैन : प्रधानमन्त्री देउवा

गठबन्धन सरकारले प्रेस स्वतन्त्रतामा कुनै बन्देज लगाएको छैन : प्रधानमन्त्री देउवा

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १८:४१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले प्रेस स्वतन्त्रतामा कुनै बन्देज नलगाएको बताएका छन्। 

सोमबार दिपावल, छठ, नेपाल सम्वतलगायत चाडपर्वको अवसरमा नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

‘अहिले गठबन्धनको सरकारले प्रेसमा कुनै बन्देज लगाएको छैन। प्रेस स्वतन्त्रता ग्यारेन्टी गरेका छौँ। अझै धेरै बाँकी छ’ देउवाले भने, ‘गठबन्धनको तर्फबाट भन्छु प्रेस स्वतन्त्रताको पक्षमा हामी छौँ।’

उनले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि दोहोर्याए।

‘प्रेस स्वतन्त्रता प्रजातन्त्रको लागि आवस्यक छ। प्रजातन्त्र नभएको देश लोकतान्त्रिक भएर विकास हुन सक्दैन। प्रेस स्वतन्त्रताको कांग्रेस पूर्ण पक्षपाती छ’ देउवाले भने। 

प्रधानमन्त्री देउवाले नयाँ संविधान आएपछि लोकतन्त्र सुदृढीकरण हुन्छ भन्ने विश्वास गरिएको भएपनि सरकारमा बस्नेहरुबाट केही समस्या आएको बताए।

उनले आवधिक निर्वाचन हुन लागेकोले सबै फैसला अब जनताको हातमा रहेको भन्दै जनताले प्रजातन्त्रको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .