राजनीति


भारत नागरिकता विवादः गोली हानेको आरोप प्रहरीद्वारा अस्वीकार

भारत नागरिकता विवादः गोली हानेको आरोप प्रहरीद्वारा अस्वीकार

नेपालखबर
पुस १, २०७६ मंगलबार ५:५९,

दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयमा आइतबार भएको हिंस्रक झडपमा घाइते भएका ३ जनाले आफूमाथि प्रहरीले गोली हानेको दाबी गरेका छन्। दिल्ली प्रहरीले भने आफूहरुले कसैमाथि गोली नचलाएको बताएका छन्।

प्रहरीका अनुसार उनीहरु अश्रुग्याँसको खोल लागेका कारण घाइते भएका हुन्।

बीबीसीले घाइतेहरुको रिपोर्ट हेर्दा डाक्टरले एक घाइतेको तिघ्राबाट बाहिरी चीज निकालेको देखिएको छ।

त्यो गोली भएको बताइएको छ। यसअघि अस्पतालका प्रवक्ताले पनि दुई व्यक्ति गोली लागेर घाइते भएको बताएका थिए।

तीनमध्ये एक घाइते मोहम्मद तमीनले प्रहरीले आफूलाई गोली हानेको बताएका छन्। उनी प्रदर्शनकारी थिएनन्। आन्दोलन भइरहेको बाटो हिँडिरहेका उनीमाथि गोली लागेको थियो। अस्पतालले पनि उनलाई गोली लागेको पुष्टि गरेको छ।

यद्यपी प्रहरीले कसैमाथि गोली नहानेको बताएको छ। हालसम्म नागरिकता विवादमा ६ जना मारिएका छन्। ३ जनाको प्रहरीको गोली लागी मृत्यु भएको थियो।

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

Image result for indian police hitting

त्यहाँका मानिसहरू छिमेकी देश बाङ्ग्लादेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै आक्रोशित भएका हुन्। यस्तै संयुक्त राष्ट्रसंघले पनि यस विधेयकको विरोध गरेको छ।

भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको राष्ट्रसंघले बताएको थियो।

देशभर प्रदर्शन भएपछि मोदीले सोमबार ट्वीटरमार्फत् नागरिकलाई यस कानुन कुनै धर्मविरुद्ध नभएको बताउँदै कुनै समुदाय चेपुवामा नपर्ने बताएका थिए।

मोदीले भनेका थिए,‘यस कानुनले भारतका कुनै जनता र धर्मलाई असर गर्दैन। यस कानुनलाई लिएर कुनै जनताले चिन्ता लिनु पर्दैन। यो ती व्यक्तिहरुको हितको लागि ल्याइएको कानुन हो जोसँग भारतबाहेक अन्त जाने ठाउँ छैन।’

‘हामी गरिब, पिछडिएका, हेपिएका सबै मिलि भारतको विकासको निम्ति काम गर्नुपर्छ। हामीलाई भड्काउन खोज्ने पक्ष हामी स्वीकार गर्दैनौं।’ मोदीले भने,‘यो शान्ति, एकता र भातृत्व व्यवस्थापन गर्ने समय हो। म नागरिकलाई यो अपिल गर्न चाहन्छु की हामी हल्लाको पछाडि दौडिनु हुँदैन।’ बीबीसीहिन्दी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .