अमिताभ बागचीको सुन्दर उपन्यास 'हाफ द नाइट इज गन' (आधा रात बितिसक्यो) ले सन् २०१९ को डिएससी प्राइज फर साउथ एसियन लिटरेचर (डीएससी दक्षिण एसियाली पुरस्कार हात पारेको छ। यसको घोषणा सुरम्य सहर पोखरामा चलिरहेको आइएमई नेपाल साहित्य महोत्सव २०७६ को विशेष पुस्कार वितरण समारोहमा भएको थियो।
साहित्यप्रेमी, लेखक र सञ्चारकर्मीमाझ नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र डिएससी पुरस्कारकी सह–संस्थापक सुरिना नरुलाले उक्त पुरस्कार हस्तान्तरण गरे। डिएससी पुरस्कारले दक्षिण एसियाली जनजीवनका विविध पत्र केलाउने विविधतापूर्ण आवाजहरुलाई प्रोत्साहन गर्ने गर्छ र अमिताभ बागचीको उपन्यासमा भारतका तीन पुस्ताको सम्बन्ध अनि भाग्य र संस्कृतिको अन्तर्सम्बन्धलाई विशुद्ध भारतीय परिवेशमा अवस्थित गर्न सफल भएको छ।
उपन्यासले मिहिन विवरणमा दिएको ध्यान, भाषाको आविष्कारशील प्रयोग र यसका अविस्मरणीय पात्रले यसलाई श्रेष्ठ कृति बनाएका छन्।
यो वर्ष पुरस्कारका लागि छनौट सूचीमा परेका लेखक र उपन्यासहरुमा हाफ द नाइट इज गन (जगरनट बुक्स, भारत), जमिल जान कोचाईः ९९ नाइट्स इन लोगार (ब्लुम्स्बेरी सर्कस, ब्लुम्स्बेरी, भारत र भाइकिङ, पेन्गुइन ¥याण्म हाउस, अमेरिका), माधुरी विजयः द फार फिल्ड (ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका), मनोरञ्जन व्यापारीः देयर इज गनपाउडर इन द एयर (बंगालीबाट अरुनाभा सिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत), राज कमल झाः द सिटी एण्ड द सी (ह्यामिश ह्यामिल्टन, पेन्गुइन ¥याण्डम हाउस, भारत), र सदिया अब्बासः द एम्प्टी रुम (जुबान पब्लिशर्स, भारत)।
डिएससी पुरस्कार २०१९ को पाँच–सदस्यीय अन्र्तराष्ट्रिय निर्णायक मण्डल र उत्कृष्ट छनौटको सुचीमा परेका लेखकहरु समारोहमा उपस्थित थिए।
लेखकहरुले आ–आफ्ना उपन्यासका अंश वाचन गरे। विजेताको घोषणालाई नेपाली र दक्षिण एसियाली साहित्य क्षेत्रका व्यक्तिहरु रहेका दर्शकदिर्घाले स्वागत ग¥यो। विभिन्न दक्षिण एसियाली देशमा पुगेर त्यहाँका प्रतिभाहरुलाई पुरस्कार बारे बुझाउने र प्रोत्साहन गर्ने डिएससी पुरस्कारको लक्ष्य पनि पुरा भयो। गत वर्षहरुमा यो पुरस्कार श्रीलंका, बंग्लादेश र भारतमा घोषणा भएको थियो।
Shares

प्रतिक्रिया