ad ad

राजनीति


काठमाडौं ६ लाई नमुना बनाउँछु, सेवा गर्ने मौका दिनुस् : सवेन्द्र खनाल

काठमाडौं ६ लाई नमुना बनाउँछु, सेवा गर्ने मौका दिनुस् : सवेन्द्र खनाल

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ११:१०, काठमाडौँ

नेकपा एमालेको तर्फबाट काठमाडौं ६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले चुनावी अभियानलाई तिव्रता दिएका छन्।

शुक्रबार बिहान वडा नम्बर २६ मा भएको मतदाता सङको अन्तरक्रिया कार्यक्रममा काठमाडौं ६ लाई नमुना बनाउने बताएका छन्। ‘यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे, अब तपाईहरु प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस्। प्रतिनिधिसभामा तपाईहरुको शिर उचो बनाउने छु , यहाँका समस्या समाधानको लागि सार्थक पहल गर्नेछु,’ खनालले भने। 

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार निरेशलाई सिंहले एमालेले जनतालाई सदैव माथी राखेको र काठमाडौंको बिकास केपी शर्मा ओली नेतृत्वको सरकारले उचाइमा पुर्याएको बताएका छन्। 

खनाल दिनहुँ मतदातासँग अन्तरक्रिया र भेटघाट गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .