ad ad

राजनीति


झापा–५ मा ‘स्वतन्त्र मन’ अभियानले युग पाठकलाई समर्थन गर्ने

झापा–५ मा ‘स्वतन्त्र मन’ अभियानले युग पाठकलाई समर्थन गर्ने

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ११:२६, काठमाडौँ

झापा क्षेत्र नम्बर–५ का स्वतन्त्र उम्मेदवार युग पाठकलाई ‘स्वतन्त्र मन’ अभियानले समर्थन गर्ने भएको छ। अभियानले झापा–५ मा पाठकलाई, झापा–२ मा स्वागत नेपाल र झापा– ४ मा युक्तप्रसाद भेटवाललाई सहयोग गर्ने निर्णय गरेको हो। 

झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। उक्त अभियानले एक विज्ञप्ति जारी गर्दै झापा–५ बाट नयाँ सन्देश दिँदै देशैभरी आशा र भरोसाको नयाँ परिस्थिति सिर्जना गर्नका लागि पाठकलाई सहयोग गरिएको जनाएको छ। 

‘आम जनताबीच फैलिएको निराशा, राजनीतिप्रतिको वितृष्णलाई सकारात्मक उर्जा र आशाको अभियानमा परिणत गर्न सक्रिय 'स्वतन्त्र मन'ले झापा क्षेत्र नं. ५ बाट एउटा नयाँ सन्देश दिँदै देशैभरी आशा र भरोसाको नयाँ परिस्थिति सिर्जना गर्न हामी युग पाठकसँगै सक्रिय रहने विश्वास पनि दिलाउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।

सो अभियानका अध्यक्ष अशोक थापा यो पटक झापा–५ मा नसोचेको परिणाम आउने दाबी गर्छन्। ‘पूराना नेताप्रति जनतामा तीव्र असन्तुष्टि छ,’ थापाले नेपालखबसँग भने, ‘झापा ५ मा कसैले नसोचेको रिजल्ट आउँछ।’

ओलीसँग चुनाव लड्दा आफ्नो विचार चहकिलो हुने कारण झापा–५ नै रोजेको पाठकले  नेपालखबरलाई बताएका छन्। ‘नेपाली जनतालाई आजको यो अवस्थामा ल्याउने पात्र को? भन्दा केपी ओली हो।, उहाँसँग भिड्दा मात्र मेरो विचार चहकिलो हुन्छ।’ पाठकले नेपालखबरसँगको कुराकानीका क्रममा भनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .