प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गरे।
त्यहीकारण कांग्रेसका नेता, कार्यकर्ताले पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडामा भोट हाल्नुपर्ने उनले बताए।
मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आग्रह गरे।
सत्ता गठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ थियो।
देउवाले गठबन्धन दलहरुबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी समेत व्यक्त गरे।
‘अब हसिँया हथौडा, को रुख भन्ने नै छैन। कसलाई भन्ने नै छैन। त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने। हसिँया हथौडा भएको ठाउँमा हसिया हथौडालाई नै भोट हाल्ने। रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने। पुगिहाल्यो नि!', उनले भने, 'किन चाहियो अरु कुरा? सबै दाजुभाइ दिदीबहिनीहरुले यो गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिएर देशलाई अझ स्थायी रुपमा अगाडि बढाउन सहयोग गर्नु हुनेछ।’
Shares

प्रतिक्रिया