राजनीति


दोलखामा टिकट नपाएका पार्वत-आनन्द बने बालकृष्णका चुनावी कमान्डर

दोलखामा टिकट नपाएका पार्वत-आनन्द बने बालकृष्णका चुनावी कमान्डर

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १६:५१, काठमाडौँ

नेकपा एमाले दोलखाले जिल्लामा निर्वाचन परिचालनका लागि पूर्वमन्त्रीहरु आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ नेतृत्वमा ६ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। 

सोमबार बसेको जिल्ला कमिटीको बैठकको निर्णय मंगलबार सार्बजनिक गर्दै जिल्ला अध्यक्ष तथा प्रदेश ‘क’ उम्मेदवार नरबहादुर श्रेष्ठले यस्तो जानकारी दिएका हुन्। 

कमिटीमा पोलिटब्यूरो सदस्यद्वय पोखरेल र गुरुङसहित केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष तथा प्रदेश ‘क’ का उम्मेद्वार श्रेष्ठ, प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटी प्रदेश ‘ख’ का उम्मेदवार भरतबहादुर केसी छन्।

निर्वाचन परिचालन विकेन्द्रित गर्दै जिल्ला कमिटीले प्रदेश ‘क’ को नेतृत्व गर्ने जिम्मेवारी गुरुङ र प्रदेश ‘ख’ मा पोलिटब्यूरो सदस्य पोखरेललाई दिएको छ। 

उच्चस्तरीय परिचालन कमिटीमा जिल्ला सचिव हिरा थोकरले सचिवालय सचिवका रुपमा काम गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad