शताब्दी पुरूष सत्यमोहन जोशीको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
आइतबार बिहान ललितपुरको किस्ट मेडिकल अस्पतालमा निधन भएका जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवालले उनको योगदान राज्यले सम्झिरहने बताएका छन्।
‘उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
21
Shares
प्रतिक्रिया