ad ad

खेल


चार सय मिटरको दौडमा आर्मीकी जयरानी थारुको राष्ट्रिय कीर्तिमान

चार सय मिटरको दौडमा आर्मीकी जयरानी थारुको राष्ट्रिय कीर्तिमान

नेपालखबर
असोज ३०, २०७९ आइतबार १०:१८, काठमाडौँ

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत चार सय मिटर हडल्समा जयरानी थारुले राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

आइतबार बिहान भएको स्पर्धामा उनले १ मिनेट ४.१३ सेकेण्डमा सेकेण्डमा निर्धारित दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्।

जयरानीले यसअघि आफ्नै नाममा रहेको १ मिनेट ७.२ सेकेण्डको कीर्तिमानमा सुधार गर्दै स्वर्णपदक जितेकी हुन्।

आइतबारको स्पर्धामा एपीएफका भगीरथी कुमारी थारुले रजत र कल्पना श्रेष्ठले कास्यपदक हात पारे।

भगीरथी र कल्पना दुवैले पनि यसअघिको समयमा भने सुधार गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .