चितवन क्षेत्र नम्बर १ मा कांग्रेसबाट विद्रोह गरेर उठेका राजेन्द्र बुर्लाकोटीलाई निर्वाचन अधिकृतको कार्यालयले माछा चुनाव चिह्न दिएको छ।
उनलाई जिल्ला निर्वाचन कार्यालयले माछा चुनाव चिह्न दिएको हो। कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएपछि बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि चितवन क्षेत्र नम्बर ३ मा चुनाव चिह्न माछा पाएका छन्।
चितवन क्षेत्र नं. ३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका उनलाई नेकपा एमालेले सघाएको छ।
चितवन ३ मै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले सूर्यमुखी फूल चुनाव चिह्न पाएका छन्।
स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा भुइँकटहर लिएका उनलाई यड्ढो पटक सूर्यमुखी फूल दिइएको होश्र
Shares

प्रतिक्रिया