राजनीति


२ जना प्रदेश कमिटी सदस्यसहित ३२ जनाले छाडे एमाले, घनश्यामलाई सघाउने

२ जना प्रदेश कमिटी सदस्यसहित ३२ जनाले छाडे एमाले, घनश्यामलाई सघाउने

नेपालखबर
असोज २६, २०७९ बुधबार १७:३२, रुपन्देही

रुपन्देहीमा नेकपा एमालेका २ जना प्रदेश कमिटी सदस्यसहित ३२ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। 

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रोहिणी गाउँपालिकाका पूर्वअध्यक्ष सनोज कुमार यादवको नेतृत्वमा उनीहरुले एमालेबाट राजीनामा दिएका हुन्। 

अर्का प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिकाका कमिटी सचिव  इन्द्रजीत कुमार राय लगायतले पार्टी परित्याग गरेर क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम भुसाललाई समर्थन गर्ने बताएका छन्।

केही दिनअघि एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका भुसालाई सत्ता गठबन्धनको समर्थन छ।  

प्रदेश सभामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका अब्दुल रज्जा र विश्वनाथ यादव उम्मेदवार बनेका छन्।

भुसालसँगको प्रतिस्प्रधामा एमालेका छविलाल विश्वकर्मा उम्मेदवार छन्। यो क्षेत्रमा एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशीष चौधरीले प्रदेश सभामा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad